गाईघाट / उदयपुरमा दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा बुधबार स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे खेलकुद सप्ताहमाको नगर प्रमुख बसन्त कुमार बस्नेतले उद्घाटन गरेका हुन ।
बस्नेतले विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराएको र हरेक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिता मार्फत विद्यार्थीलाई पुरस्कृत गर्दै लैजाने योजना अनुसार प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा त्रियुगा नगरपालिका भरिका सामुदायीक र संस्थागत गरि ३१ वटा माध्यमिक विद्यालयहरु सहभागी रहेका छन । चार दिन सम्म चल्ने प्रतियोगितामा ५ विधाका खेलहरु समाबेस गरिएको छ। भलिबल (महिला पुरुष), कवड्डी (महिला पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरि ५ विधाका खेलहरुलाई प्रतियोगितामा समाबेश गरिएको नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष विजय शिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्