गाईघाट / त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण गरिएका छन । आज त्रियुगा नगरपालिकाकाे प्राङ्गणमा ४२ वटा ह्वीलचेयर वितरण गरिएका हुन ।
नगरका अपाङ्गता भएका व्यक्तिहरुकाे दिनचर्या तथा दैनिकी सजिलो बनाउनको लागि ह्वीलचेयर बितरण गरिएको त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए । जुन व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु गाउँठाउं र समाजमा घुलमिल हुनुको साथै आफ्नो क्षमता अनुसारको दैनिकी र जीविका गुजारा गर्न सहयोग पुग्ने बताए । साथै आफू र आफ्नो नगर भित्र अपाङ्गता भएका व्यक्तिहरुको सहयोग गर्न सधै साथ रहने बताएका थिए।
कार्यक्रममा नगर उप प्रमुख महेश्वरि राईले आफ्नो नगर भित्रका अपाङ्गता भएको व्यक्तिहरुलाई अति आवश्यक ह्वीलचेयर दिनु भएकोमा बाल अपाङ्ग टेवा संस्थालाई धन्यवाद दिनु भएको थियो । राईले संस्थाले जस्तो नाम तेस्तै काम गरेकोले आफू खुसी भएको बताए ।
बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीसंग जोडिएको उनीहरुको अति आबश्यक साधन ह्वीलचियर रहेको बताए । हरेक मान्छे केहि न केहि कारणले अपाङ्ग हुन सक्छ , त्यस पछिको जिन्दगीको सहारा भनेकै ह्वीलचियर भएको शेर्पाले बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल, वडा अध्यक्ष तिलक कटुवाल लगाएतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस्