गाईघाट / उदयपुर जिल्ला अस्पताललाई सुबिधा सम्पन बनाउन प्रस्ताब पेश गरिएको छ । त्रियुगानगर प्रमुख बसन्तकुमार बस्नेतले उक्त प्रस्ताब कोशी प्रदेश मुख्यमन्त्रि केदार कार्कीलाई पेश गर्नु भएको हो । जिल्ला अस्पताललाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउन आफु लागि परेको नगर प्रमुख बस्नेतले बताए ।
स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालको स्तर वृद्धिका लागि नगर प्रमुखले देखाएको तत्परताको तारिफ गर्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई १ सय बेडमा स्तर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । अहिले ५० बेडको अनुमति भए पनि बिरामीको चापका कारण दैनिक १ सय बेडको आवश्यकता देखिएको छ। दैनिक १ हजार बिरामी चेक जाँच गराउन आउने अस्पताललाई हाल बेड तथा जनशक्तिको अभाव छ।
जिल्लामै जटिल किसिमका बाहेक सम्पूर्ण रोगको उपचार तथा सल्यक्रिया हुन थाले पछि बिरामीको चाप बढ्न थालेको हो ।नगरप्रमुख बस्नेतकै तत्परतामाले गर्दा नै जिल्ला अस्पतालमा निःशुल्क डायलासिस सेवा सुचारु भएको छ ।
प्रतिकृया दिनुहोस्