
गाईघाट / उदयपुरमा वृद्धाआश्रम, बालआश्रम र अशक्त तथा अपाङ्गता असहाय संरक्षण भवन बन्ने भएको छ | त्रियुगा नगरपालिका वडा न. १२ त्रिवेणी टोलमा उक्त भवन बन्न लागेको हो | आज एक कार्यक्रम बीच नगरप्रमुख बसन्त कुमार बसन्तेले भवनको शिलान्यास गर्नु भएको थियो | आफ्नो नगर भित्र कोहि पनि व्यक्तिलाई गासबास अभावमा बाच्न नपरोस भनेर भवन बनाउन लागेको बताए | आफ्नो अथक प्रयासमा उक्त आयोजना उदयपुरमा आएको पनि बस्नेतले बताउनु भयो |
नगरपालिकाको चार कठ्ठामा भवन बन्न लागेको वडा अधक्ष्य अनिता थापाले बताउनु भयो | करिब एक करोड नेपाल सरकार शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त भवन भन्न लागेको थापाले बताउनु भयो | थापाका अनुसार आयोजना बने भए पछि त्रियुगा नगरपालिकाको लागि मात्र होइन उदयपुर जिल्लाको लागि नै खुसिको कुरा रहने बताए |

श्री एन्जल कन्स्ट्रक्शन धनुषा र श्री शुसम निर्माण सेवा बेल्टारले २०८१/०२/१५ मा आयोजना समन्न गर्ने गरि सम्झौता गरेको संघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका इन्जिनियर दिपेन्द्र यादबले बताउनु भयो |

प्रतिकृया दिनुहोस्