
उदयपुर / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा २०८० फागुन १ देखी १० गते सम्म हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी बढाईएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारका साथमा सांगीतिक मनोरञ्जनका साथै प्याराग्लाईडिङ उडान, सुनकोशी नदिमा र्याफ्टिङ र विभिन्न सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको प्याकेजमा भ्रमण गराउने रसाइलिले बताए ।
१० दिन सम्म संचालन हुने महोत्सवमा १ लाख बढि आन्तरिक तथा वाहर्य पर्यटक भित्र्याउने योजना सहित करिव डेढ करोड बढिको आर्थिक कारोबार गरिने लक्ष्य राखिएको आयोजकले जनाएका छन ।
महोत्सवमा स्थानिय कृषि, घरेलु तथा साना उद्यमीहरुको प्रदर्शनी, विभिन्न जातिय परिकारहरुको प्रदर्शनी तथा विक्रि, विभिन्न जातजातीहरुको सास्कृतिक प्रस्तुती, स्थानिय उत्पादनहरुको व्यवसायीक प्रबद्र्धन गर्नका निमित्त नि:शुल्क स्टलहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्