
गाईघाट / त्रियुगानगर कार्यपालिका बैंठकको अडियो सार्बजनिक भएको छ । फाल्गुन १६ गते बसेको बैंठकको अडियो सार्बजनिक किन र कसले गरेको हो भने खुल्न्न सकेको छैन । अडियोमा नगरप्रमुख र कार्यपालिका सदस्य बीच सम्वाद भएको सुनिछ । तेही सम्वादलाई लिएर केहि सञ्चार माध्यमले नगरप्रमुख बसन्त कुमार बस्नेतले पत्रकारलाई गाली गरेर भ्रष्टचार लुकाउने प्रयास भनेर सार्बजनिक भए पछि आज मेयरको सचिवालयले विज्ञप्ति निकालेर स्पष्टिकरण दिएको छ ।
गाली गलौज पत्रकारमाथि लक्षित नभएको स्पष्टिकरण दिएको हो । उक्त अडियो कार्यपालिका सदस्यहरुलाई इंगित गर्दै बोल्ने क्रमको रहेको भनिएको छ । विज्ञप्तिमा नगरप्रमुख आफै लामो समयदेखि लोकतन्त्र तथा वास स्वतन्त्रताको लागि लडिरहेको व्यक्ति भएकोले पत्रकारिता क्षेत्रलाई लोकतन्त्रको खम्बाको रुपमा लिदै आएको बताएको छ ।
जनप्रतिनिधिमा निर्वाचित भएर आएपछि नगरपालिकाले सम्पादन गर्ने कामहरुको नियमिति रुपमा पत्रकार मार्फत सार्वजनिक गर्ने साथै जिल्लामा पत्रकार विकासमा हातोमालो गरेर अघि बढ्ने पत्रकारहरुसंग नियमित छलफल भैरहेको जनाएको छ ।
खासमा भएको क हो..?
त्रि.न.पा वडा न. १० का अधक्ष्य किरण पाण्डेले अघिलो कार्यपालिका बैंठकमा नगरभरिका जनताले नगर बाट पाउने सेवासुबिधाहरुमा ढिलासुस्ती भएको कुरा राखेका थिए । आफ्नै वडाको आ/व २०७९/२०८० को केहि योजनाको रकम भुक्तानी नभएको बताएका थिए । सोहि क्रममा पाण्डेले नगरपालिका भित्र कोहि कर्मचारी वा जनप्रतिनिधि भ्रष्टचारमा लिप्त छ भने कालोसो दल्ने प्रतिक्रिया दिएका थिए ।
तेही प्रतिक्रियालाई लिएर नगरपालिकाका कर्मचारीहरुले विज्ञप्ति लेखेर प्रमुख प्रसासकिय अधिकृत बिष्णु भक्त सिग्देल साथै बोदार्थ नगर प्रमुख बसन्त कुमार बस्नेतलाई बुझाएका थिए ।


प्रतिकृया दिनुहोस्