
गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले भोली भयलगढी (लहरु) सफारी शुभारम्भ गर्ने भएको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले बयलगढी शुभारम्भलाई सबैखाले तयारी पुरा गरेको हो । महाशिवरात्रीको अवसर पारी उक्त सफारीको शुभारम्भ हुने आयोजकले बताए ।
आयोजकका अनुसार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अथिति कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । साथै कोशी प्रदेशका खानेपानी मन्त्री नारायण बुर्जा मगर र उपसभामुख सिर्जना दनुवार बिशिष्ट अतिथिको रुपमा रहने आयोजकले जनाएका छन् ।
यस्तैगरी उदयपुरको लागि कला, साहित्य, पर्यटन, खेलकुद जस्ता क्षेत्रमा योगदान पुराएका थारु समदायका ब्यक्तिहरुलाई पनि अतिथि तथा सम्मानको लागि सहभागी गराईने आयोजकले बताउनु भयो ।
थारु मिस नेपाल २०२१ की बिजेता लिभा थारु, नरेश सुर्या क्लासिक नेपाल २०२३ क्लासिक फिजिक्स गोल्ड मेडलिस्ट बिजेता बडिबिल्डिङ समूह उप बिजेता दिलिप कुमार चौधरी, साईकलिङ संघका अध्यक्ष तथा पर्यटन सल्लाहकार जितु रोईला र मन्डला थ्रियटर तथा पिके डनका अभिनेता साथै होटल व्यवसायी प्रदिप कुमार चौधरी लगायतका ब्यक्तिहरु अतिथिको रुपमा रहेको छ । कार्यक्रमलाई संञ्चारकर्मि डिएन खोहरीया चौधरीले संञ्चालन गर्ने भएको छ ।


प्रतिकृया दिनुहोस्