गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले आयोजना गरेको बयलगढी (लहरु) सफारी कोशी प्रदेशका मन्त्रिहरु र उपसभामुख चढेर शुभारम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले आज महाशिवरात्रीको अवसर पारी बयलगढीको शुभारम्भ गरेको हो । होम स्टेका सदस्य उतिम चौधरीले कार्यक्रममा सम्पूर्ण उपस्थित अथितिहरुलाई स्वागत गर्दै बयलगढी (लहरु) को बारेमा जानकारी दिएका थिए ।
चौधरीले अहिले होम स्टेमा थारु परिकार पाइनुका साथै बास बस्ने पाहुनाहरुलाई बयलगढी (लहरु) सफारी गराउने बताए । बयलगढी (लहरु) सफारीले यस होम स्टेको आर्थिकमा टेवा पुग्ने पनि चौधरी विस्वास गरेको बताए । कार्यक्रमको अधक्ष्यता भगवान सिङ चौधरीले गरेको थियो भने प्रमुख अथिति कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्री रहेका थिए । साथै कोशी प्रदेशका खानेपानी मन्त्री नारायण बुर्जा मगर र उपसभामुख सिर्जना दनुवार बिशिष्ट अतिथिको रुपमा रहेको थियो ।
मन्त्रि राम कुमार खत्रीले थारु समुदाएको कला, सास्कृति झल्किने गरि होम स्टे संचालन गरेकोमा खुसि व्यक्त गरे साथै कोशी प्रदेस सरकार आफ्नो मातहतको मन्त्रालय बाट आउने बजेटमा होम स्टेको संरक्षण र प्रवर्धनको लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस क्षेत्रको बिवासको लागि वडा अधक्ष्य नबिन चौधरी संग छलफल गरेर बजेट बिनियोजन गर्ने पनि खत्रीले प्रतिबद्धता गर्नु भयो ।
आफ्नो जिल्लामा देशकै नमुना होम स्टे संचालन रहेकोमा बिसिष्ट अथिति कोशी प्रदेशका खानेपानी मन्त्री नारायण बुर्जा मगरले खुसि हुदै चौधरी भाषामा सम्पूर्णलाई बधाई दिएका थिए । मन्त्रि मगरले आफ्नो मन्त्रालय बाट सकेको सहयोग गर्ने बताए ।
सम्पूर्ण संचालक टिमलाई कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले धन्यवाद दिनु भयो । उपसभामुखले जुन किसिमले होम स्टेको मौलिकपनले आउने पर्यटकहरुलाई गर्ने स्वागत, कला,सास्कृतले दिने मनोरंजनले गर्दा आउने दिनमा यस क्षेत्रको पर्यटनमा टेवा पुग्ने बिस्वास गरे । साथै आज नारी दिवस पनि भएकोले गर्दा अब नारीलाई ३३% मात्रले नपुग्ने नारी पुरुष बराबर भने झैँ अब हरेक क्षेत्रमा ५० % चाहिने बताए ।
लोप हुन् लागेको बयलगढीलाई उजार गरेर फेरी हाम्रो माज ल्याएकोमा होम स्टेलाई त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वोरी राईले धन्यवाद दिनु भयो । साथै राईले नगरपालिकाले गर्नु पर्ने साथ सहयोग सधै रहेन पनि प्रतिबद्धता गर्नु भयो ।
बयलगाडा सफारीबाट उठेको रकम साँस्कृतिक भवन बनाउन खर्च गरिने अधक्ष्य भगवान सिङ चौधरीले जानकारी दिनुको साथै कार्यक्रममा आउने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम चौधरीले सम्पन्न गरेका थिए ।
प्रतिकृया दिनुहोस्