१ चैत्र २०८०, बिहीबार १४:१८

गाईघाट / धरानबाट घोरेटार जादै गरेको वोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यू भएको छ। भोजपुरको घोरेटार तर्फ जादै गरेको वोलेरो उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको हो ।
को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक सहित ६ जनाको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।
१४ जना सवार जीपमा ६ जना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि रमेश थापाले बताए । जीपमा अधिकांश यात्रु भोजपुर आमचोक र हतुवागढी गाउँपालिकाका छन् ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । स्थानीयका अनुसार गाडी सडकबाट करिव ५०० मिटर तल भिरमा खसेको थियो ।

प्रतिकृया दिनुहोस्