गाईघाट / त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु भएको छ । वडाका भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो । आज एक कार्यक्रम बीच त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए ।
बस्नेतले त्रियुगानगरको सबै वडाहरुमा क्रमस नापजाँच प्रक्रिया अघि बढाइने बताए । वडा न. ३ का स्थानीयहरुले ऐलानी जग्गाको निस्सा समेत पाएको हुदा आफ्नो कार्यकालमा नगरभरिका सम्पूर्ण भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउने प्रमुख बस्नेतले प्रतिबद्धता गर्नु भयो ।
वडा अधक्ष्य बद्रि बस्नेतले आफ्नो वडामा ऐलानी जग्गा नापजाँच सुरु भएका बताए । अधक्ष्य बद्रि बस्नेतले आफ्नो वडा सम्पूर्ण भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीहरुलाई चाडै ऐलानी जग्गाको निस्सा उपलब्ध गराउने प्रतिबद्धता गर्नु भयो ।
साथै जग्गा नापजाँचको काम अगाडि बढेसँगै वडाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जमिनका मालिक बन्ने बताए । जग्गा नापजाँचको काम अगाडि बढेसँगै वडाका स्थानीयहरु खुसि भएका थिए ।
प्रतिकृया दिनुहोस्