१९ चैत्र २०८०, सोमबार १०:३६

गाईघाट / गाउँ पर्यटन प्रबर्द्धन मन्च नेपालले उत्कृष्ट गन्तव्य गाउँ पुरस्कार उदयपुरको बहेडवा थारु सामुदायिक होम स्टेलाई दिएका छन् । समितले प्रदान गर्दै आएका पुरस्कार बहेडवा थारु सामुदायिक होम स्टेलाई दिने निर्णय गर्दै आफ्नो मौलिक बाजा तथा संस्कृति सहित पुरस्कार ग्रहणको लागि पत्र गरेका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण दाहालको प्रमुख अतिथि चैत्र १७ गते काठमाडौमा साधारणसभा सम्पना भएको थियो । सोहि सभामा होमस्टेका तर्फबाट प्रभा कुमारी चौधरीले पुरस्कार र सम्मान दुवै ग्रहण गरेको उतिम चन्द्र चौधरीले जानकारी दिनु भयो ।
चौधरीका अनुसार गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका पूर्व अध्यक्ष तथा शिव लामिछानेको नेतृत्वको टोलिले सिफारिस दिएका जानकारी दिनु भएको छ ।


प्रतिकृया दिनुहोस्