गाईघाट / कोशी टप्पु वन्यजन्तु आरक्ष जिप सफारी उद्घाटन भएका छन् । उदयपुरको बेलका नगरपालिकामा अबस्थित बेलका रिसोर्टमा हिजो एक कार्यक्रम बीच कोशी प्रदेशका मुख्यमन्त्रि केदार कार्कीले उद्घाटन गर्नु भएको हो ।
कोशी प्रदेशकै आकर्षक आन्तरिक एवम् वाह्य पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने उद्धेश्य सहित कोशी टप्पु वन्यजन्तु आरक्षणमा जंगल सफारी सुरु भएको मुख्यमन्त्रि कार्कीले बताए । कार्कीका अनुसार जिप सफारी सुरु भए संगै पर्यटनहरु कोशी टप्पु घुम्न आउनेको संख्या वृद्धि हुने अपेक्षा गरेका थिए ।
उदयपुरको सप्तकोसी नदी किनारामा रहेको बेलका बीच रिसोर्टले कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रसम्म जिप सफारी संचालन गर्ने त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार कोशी टप्पुमा सफारी बेलका रिसोर्ट बाट सुरु गरि श्रीलंका टापु, चिलिया टापु हुदै कोशी टपु भएर बन्यजन्तु आरक्ष भित्रका बिभिन्न स्थानको अवलोकन गर्न सकिने बताए ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, मृग, हात्ती, बँदेल, जरायो, निलगाई लगायतका जंगली जनावर अवलोकन गर्न सकिने बेलाका नगर प्रमुख अशोक कार्कीले बताउनु भयो । नगर प्रमुख कार्कीका अनुसार जिप सफारीले मनोरन्जन र खोज अनुसन्धान गर्न आउने दुवै प्रकारका पर्यटकलाई आकर्षित गर्ने पनि बताए ।
बेलका नगरपालिकाले उद्घाटन कार्यक्रमलाई आयोजना गरेको थियो भने कोशी टप्पु वन्यजन्तु आरक्षको समन्वय रहेको थियो ।
प्रतिकृया दिनुहोस्