गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा CCTV तथा GPS जडान सुरु भएको छ | ” सार्वजनिक यातायातमा प्रविधिको प्रयोग जनधनको क्षति दुर्घटना न्यूनीकरणमा सहयोग ” भन्ने मूल नाराका साथ त्रियुगा बसपार्कमा आज त्रियुगा नगरपलिकाका प्रमुख बसन्त बस्नेतको अध्यक्षेता तथा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङको प्रमुख अथितिमा उद्घाटन भएको हो |
जीपीएस लागू गरिएपछि नियन्त्रण कक्षबाट सार्वजनिक सवारी व्यवस्थापन र नियमन गर्न सकिने प्रहरी प्रमुख खापुङले बताएका थिए | खापुङका अनुसार ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छ । राजमार्गमा तोकिएभन्दा उच्च गतिमा दौडने प्रवृत्तिलाई जीपीएस सिस्टमले नियमन गर्ने हुँदा सवारी दुर्घटना कम हुने बताएका थिए ।
CCTV जडान सम्वन्धि निर्देशिका २०७२ मा व्यवस्था भए बोमजिम यातायात व्यवसायी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बीच सस्ताक्षर गरि संचालन भएको नगर प्रमुख बस्नेतले बताए । बस्नेतका अनुसार जीपीएसमार्फत गाडीको रुट, गतिलगायतका जानकारी ट्राफिक प्रहरीलाई अनलाइनमै हुने । गाडीको गति र स्थानको जानकारी हुनुको साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने बस्नेतले जनाए ।अहिले लामो दुरीको लागि भए पनि चाडै छोटी दुरी चल्ने यातायातहरुमा पनि जडान सुरु गर्ने नगर प्रमुख बस्नेतले बताएका थिए ।
कार्यक्रमको आयोजना जिल्ला प्रहरी कार्यलयले गरेको थियो भने सहकार्य जिल्ला ट्राफिक प्रहरी कार्यालयको रहेको उदयपुर प्रहरी प्रमुख रमेश थापा बताए । थापाले CCTV तथा GPS जडान सुरु भए संगै सार्वजनिक यातायातको गतिबिधि पत्ता लगाउन प्रहरीलाई सहज हुने बताएका थिए । साथै थापाले कार्यक्रममा उस्पथिति सम्पूर्णलाई धन्यवाद दिदै प्रमुख अथिति,बिशिस्ट अथितिहरुलाई CCTV तथा GPS जडान गरिएका सार्वजनिक यातायातहरुको अनुगमन गराएका थिए ।
प्रतिकृया दिनुहोस्