११ बैशाख २०८१, मंगलवार १४:३०
गाईघाट / रौता पोखरी जान सबै भन्दा छोटो दुरिको सडकमा पक्की पुल निर्माणका लागि नापजाँच शुरु भएको छ । उदयपुरको सदरमुकाम गाईघाटबाट वेलदोभान, डहर सडकमा पर्ने वेलदोभान स्थित बरुवा खोलामा पक्की पुल निर्माणको लागि नापजाँच शुरु भएको हो ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत, प्रमुख प्रशासकीय अधिकृत विष्णु भक्त सिग्देल, इन्जिनियर शैलेन्द्र मण्डल सहित वडा नं १४,१५ र १६ का वडा अध्यक्षहरु वेलदोभानमा छलफल गरेका थिए ।
साथै वेलदोभान वडा नं १४,१५ र १६ को संगम स्थल भएकाले एस स्थानलाई कृषि बजारको रुपमा बिकास गरेर जाने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस्