गाईघाट / त्रियुगा नगरपालिकाले सबै संस्थागत बिधालयहरुलाई शुल्क निर्धारण गरेका छन् । त्रियुगा नगरपालिकाको सभा हालमा शुल्क निर्धारण समितले २०८१ बैशाख ११ गते बैठक बसी शुल्क निर्धारण गरेका हुन् । समितका अनुसार नगर भित्रका बिधालयहरुलाई वर्गीकरणको आधारमा शुल्क निर्धारण गरेका छन् ।
साथै बिधालयहरुले अनुमतिपत्र सहितको शिक्षक, बिषयगत शिक्षकहरु र नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक हुनु पर्ने समितिले जनाएका छन् । अभिभाबकहरुले धेरै गुनासो गरे पछि सम्पूर्ण संस्थागत बिधालयहरुको शुल्क निर्धारण गरेको नगर प्रमुख बसन्त बस्नेतले बताए ।
बस्नेतका अनुसार यदि नगरपालिकाको निर्णय कुनै बिधालयले पालना नगरे वर्ग घटुवा,दर्ता खारेजी साथै प्रचलित ऎन नियवाली बमोजिम कारवाही हुने जनाए । तेसैले सम्पूर्ण संस्थागत बिधालयहरुलाई नगर शिक्षा साखा समितिले गरेको निर्णयलाई पालना गर्न बस्नेतले अर्नुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्