गाईघाट / विश्व बैकको सहयोगमा त्रियुगानगरपालिको बजार क्षेत्रका सडकहरु बन्ने भएका छन् । आज गाईघाट स्थित मेन चोकमा एक कार्यक्रम बीच औपचारिक रुपमा नगर प्रमुख बसन्त बस्नेत र उप प्रमुख महेस्वोरी राईले शिलन्यास गरेका हुन् । नगरपालिकाका वडाहरु १०,११,१२ र १३ गरि जम्मा ९ वटा योजना रहेको इन्जिंयर निर्मल चैधरीले बताए ।
चौधारीका अनुसार “शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम ” ( युजिआईआईपी ) अन्तगर्त त्रियुगा नगरपालिकाको १४ दशमलव ५० किलोमिटर आधुनिक सडक निर्माण हुने बताए ।
विश्व बैकले एक अर्ब बढी रुपैयाको ठेक्का खोले पनि निर्माण व्यवसाही आशिष,आशिर्वाद, स्वामीनारायण जेभीले करिब ६६ करोडमा सम्पूर्ण काम गर्ने गरि त्रियुगा नगरपालिका संग सम्झौता गरेको त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार विश्व बैकले गाईघाट बजारका आधुनिक सडक निर्माणको लागि ७८ लाख अमिरिकी डलर ( एक अर्ब भन्दा बढि रकम ) ऋण उपलब्ध गराएको बताए । बिगतमा स्थानीयहरुले पिपल चोक देखि सिमलटार सम्मको बाटोको धेरै बिरोध गर्दै आएका थिए तर अब चाडै बाटो बन्ने नगरप्रमुख बस्नेतले बताउनु भयो ।
अहिले लागेको ठेक्काले गाईघाट टाउन प्लाइनिङ्गका सडक, सिटिहल सिमालटार सडक, बाबारानी डिएम गेट सडक, पीजी चोक फूलचोक बोटेटोल हुदै त्रियुगा करिडोर सडक, शिवालय टोल हुदै करम गाछी सडक तेस्तै प्रगति टोल हुदै साकेला टोल सडक र सगरमाथा कृषि बजार भएर जनप्रेमी टोल हुदै बिसनपुर सम्म बन्ने भएको छ ।
मदन भण्डारी र सगरमाथा राजमार्ग लाई जोड्ने गरि बजार एरियाको सडकहरु एकआपसमा जोडिने गरि सडकको छनौट गरेको उप प्रमुख महेस्वोरी राईले बताउनु भयो । राईका अनुसार गाईघाट बजार अहिले पनि सुन्दर नै देखियको छ तर हामी सबै मिलेर विश्व बैकको योजना सफल बनायो भने झन् हाम्रो सहर सफा र सुन्दर देखिने बताउनु भयो ।
प्रतिकृया दिनुहोस्