गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले ८औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गाईघाटमा रहेको वाणिज्य संघले आफ्नो सभा हलमा आज साधारण सभा सम्पन्न गरेको हो । संघका अध्यक्ष रमेश रसाइलीको अध्यक्षता,त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष रसाइलीले आफ्नो कार्यकालमा त्रियुगाको व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न कामहरु गरेको बताए । रसाइलीले संघका सम्पूर्ण साधारण सदस्यहरुको बार्षिक एक लाख सम्मको दुर्घटना बिमा गराएको पनि बताए ।
संघलाई हाम्रा पुर्ब अध्यक्ष ज्युहरुले दु:ख गरेर यहाँ सम्म ल्याएकोमा धन्यवाद दिनु भयो । उहाले पहिले जस्तो दु;ख हाम्रो पालामा व्यापार गर्न नरहेको जिकिर गरे किन भने पहिले डोको थुम्चेमा समान बोकेर लग्नु पर्ने अबस्था रहेको थियो तर अहिले मदन भण्डारी राजमार्ग र सगरमाथा राजमार्गले व्यापारीहरुलाइ धेरै सहज भएको रसाइलीले बताउनु भयो । साथै कुनै व्यवसायी वा संघमा आवद्ध कसैको आफ्नो कारणले चित्त दुखेमा क्षमा गर्दै संघलाई थप उर्जाका साथ व्यापारीहरुको हकहितमा अगाडी वढाउन आग्रह गर्नु भयो ।
व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न कामहरु गरेकोमा त्रियुगाका मेयर बसन्त बस्नेतले संघका समिति लगाएत अध्यक्ष रमेश रसाइलीलाई धन्यवाद दिनु भयो । वाणिज्य संघलाई खारिज गर्न ठुलो शक्ति केन्द्रहरु लागेको थिए तर रमेश रसाइली जस्ता निडर अध्यक्ष र हाम्रो साथ रहेकोले केहि गर्न सकेन होइन भने अहिले वाणिज्य संघ नरहने मेयर बस्नेतले बताए । आफु पनि संघको पूर्व महा सचिब रहेको हुदा संघको माया छ यो संघ जसरि पनि जोगाउनु पर्छ भन्नेमा मेयरले जोड दिए साथै संघ तथा व्यापारीहरुको हकहितको लागि त्रियुगा नगरपालिका सधै साथमा रहने प्रतिबद्धता गर्नु भयो ।
त्रियुगा उद्योग वाणिज्य संघले २०८० फाल्गुन १ देखि १० सम्म लगाएको दोस्रो प्रदेश मोहत्सव लगाएत संघको आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन साधारण सभामा प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्