अमित तामाङ
गाईघाट / त्रियुगा नगरपालिकाले संस्थागत बिद्यालयको वर्गिकरण गरी विद्यार्थीबाट लिनपाउने मासिक शुल्क निर्धाण गरेको छ । नगरक्षेत्र भित्र सञ्चालित विद्यालयले चर्काे मासिक शुल्क लिने गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । सोमवार नगरपालिकाले आफ्नो सभाहालमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाका प्रवक्ता तिलक कटुवालले जानकारी दिनु भयो ।
कटुवालले नगरपालिकामा भरि जम्मा ४६ वटा संस्थागत बिद्यालय दर्ता रहेको जस मध्ये “क”मा कुनै पनि बिद्यालय नरहेको “ख” वर्गमा लालीगुरास र सगरमाथा मोडेल स्कुल छ भने ” ग ” मा अन्नपूर्ण,उदयसि,प्याराडाइज,उदयपुर,क्रिमसन,पिसजोन,क्यानभास, मा रौतारानी संस्थागत बिद्यालयहरु रहेको बताए । बाकि ३६ वटा बिद्यालय भने “घ”वर्गमा पर्न सफल रहेको बताए ।
संस्थागत बिद्यालय सञ्चालन मापदण्डमा ब्यवस्था भए अनुरुप अनुगमन गरि ऐन नियम सूचकहरुको आधारमा संस्थागत बिद्यालयहरुलाई क,ख,ग र घ वर्गिकरण गरेर त्रियुगा नगर कार्यपालिकाले निर्णय गरेपछि सोहि अनुसार शुल्क निर्धाण गरिएको नगर प्रमुख बसन्तकुमार वस्नेतले बताए । संस्थागत बिद्यालयमा मनोमानी तरिकाले शुल्क लिदै आएको गुनासो आएपछि त्रियुगा नगर पालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतकोको अध्यक्षतामा बसेको शुल्क निर्धारण समितिको बैठकले संस्थागत बिद्यालयको बर्गीकरण गर्दै शुल्क निर्धारण गरेको हो ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन-प्याब्सन संग समन्वय गरेर नै शुक्ल निर्धारण गरेको बस्नेतले बताए । साथै संस्थागत बिद्यालयहरुले लिन पाउने बार्षिक शुल्क भने फेरी छलफल गरेर निर्णय गर्ने तेस्तै सम्पूर्ण बिद्यालयका संचालकहरुलाई नगरपलिकाको निर्णय पालना गर्न र आफ्नो बिद्यालय कसरि “क” वर्गमा पार्न सफल हुन्छ भनेर काम गर्न नगर प्रमुख बस्नेतले अनुरोध गर्नु भयो ।
विभिन्न पाँचवटा बिषयको मापदण्ड बनाएर बिद्यालयलाई स्वमुल्याङकन गरि नगर क्षेत्रको संस्थागत बिद्यालयको वर्गीकरण गरि शुल्क निर्धारण समितिले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुभक्त सिग्देलले बताउनु भयो । सिग्देलले आफु लगाएत नगर प्रमुख, उप प्रमुख, र नगर शिक्षा समितिले निरन्तर अनुगमन गरेर अहिलेको वर्गीकरण छुट्याएको प्रस्ट पार्नु भयो ।
शिक्षा ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरि नगर क्षेत्रमा रहेको संस्थागत बिद्यालयको वर्गिकरण गरि मनोमानी रुपमा बिद्यार्थीसँग उठाउँदै आएको शुल्कलाई अध्यायन गरि शुल्क निर्धारण गरिएको उप प्रमुख महेश्वोरी राईले जानकारी दिनु भयो । राईले अहिलेको निर्णयले अभिभाबकहरुलाई राहत मिल्ने बताए । पत्रकार सम्मेलनमा नगरपलिकाका कार्यपालिका सदस्य,नेपाल उपभोक्ता मन्च नेपालको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्