गाईघाट / उदयपुरको सबै पालिकामा आई.पि.भी. खोप अभियान सुरु हुने भएको छ । आज स्वास्थ्य कार्यालय उदयपुरले आफ्नै सभाहलमा पत्रकारहरु संग अन्तरक्रिया कार्यकम गर्दै जानकारी दिएको हो । जिल्लामा ५ बर्ष भन्दा मुनिका १९५३३ वालवालिकाले ४४३ वटा खोप केन्द्र बाट सेवा लिने खोप अधिकृत चिरन्जिबी निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार यहि १३ गते देखि २६ गते सम्म खोप अभियान संचालन हुने बताए । तेस्तै १३ गते देखि १८ गते सम्म त्रियुगा नगरपालिका, बेलाका न.पा, चौदण्डी न.पा, रौतामाई गा.पा र लिम्चुङबुङ गा.पामा संचालन हुने र २१ गते देखि २६ गते सम्म कटारी न.पा, ताप्ली गा.पा र उदयपुरगढी गा.पामा संचालन हुने निरौलाले बताए ।
२०७३ देखि २०७५ सम्म जन्मिएका वालवालिकाहरुलाई यो खोप लगाइने उदयपुर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए । यो समयमा विस्वभर खोपको अभाबहुदा खोप लगाउन छुटेकोले यो अभियान संचालमा ल्याइएको हो । सबैलाई यो अभियान सफल बनाउनको लागि घिमिरेले अनुरोध गरे ।
खोप अभियानलाई उदयपुर पत्रकार महासंघको साथ रहने महासंघका सचिव बिस्वोराज तामाङले बताए । साथै तामाङले सुगर,प्रेसर जस्ता बिरामीहरु हाम्रो खानपान बाट नै धेरै जसो हुने हुदा तेस्लाई कन्ट्रोल गर्न सबैमा अनुरोध गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गैर बहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्