गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले ताला लगाईएको छ । केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे असन्तुष्टि जनाउदै ताला लगाईएको हो । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको छ ।
नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै संगठनहरुले आफुहरुको मागलाई केन्द्रीय कार्यालयले पूनर्विचार नगरे आउदै गरेको आगामी २६ गतेको निर्वाचन समेत हुन नदिने जनाएको छ ।
शुद्धिकरणका नाममा नियमित पत्रकारिता गरिरहेका व्यक्तिहरूलाई हटाउने काम भएको र आफ्ना आसेपासेलाई सदस्यता बितिरण गर्ने काम भएको भन्दै संगठनहरुले बिरोध गरेका थिए । तालावन्दी कार्यक्रममा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, फ़ोनिज,तामाङ पत्रकार संघ, किरात पत्रकार संघ उदयपुरको सहभागी रहेको थियो
प्रतिकृया दिनुहोस्