


उदयपुर । दुध कोशीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका तीन बालबालिकाको परिबारलाई त्रियुगा नगरपालिकाले नगद २५ हजारको दरले राहत उपलब्ध गराएको छ । नगरप्रमुख बसन्त बस्नेतले पीडित परिबारको घर मै पुगेर सनिवार राहत रकम परिबारका आफन्तलाई दिएका हुन ।
नगरप्रमुख बस्नेतले भौगोलिक र जनसंख्याका हिसावमा पनि त्रियुगा नगरपालिका ठुलो भएका कारण र त्रियुगा नगरपालिका पहाडी र मधेसको दुवै भूगोलमा पर्ने भएका कारण विभिन्न विपत जन्य घटना घटी रहने हुँदा ठुलो आर्थिक सहयोग गर्न नसकिएको उल्लेख गर्दै आफु पनि सचेत भएर रहन आग्रह गर्नु भयो ।
गत चैत्र ११ गते त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका होली खेलेर नुहाउन गएका बेला सुन कोशी नदीले बगाउदा बेपत्ता भएर बेपत्ता भएको ३/४ दिन पछि नदीको किनारमा मृत फेला परेका थिए। त्रिनपा १४ साउने वस्ने रुद्र पुलामिको छोरी अन्दाजी १२ बर्षिय रेखा मगर, सोही स्थान वस्ने केदार मगरको छोरा अन्दाजी वर्ष ९ बर्षिय को रिदम मगर र सोही स्थान वस्ने मेहरमान मगरको छोरा अन्दाजी १२ बर्षिय लोक ब. मगर कोशी किनारमा मृत फेला परेका थिए ।



प्रतिकृया दिनुहोस्