गाईघाट / उदयपुरमा सामुदायिक वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा गरिएको छ । त्रियुगा न.पा वडा न. ११ र १० मा पर्ने नवउदय सामुदायिक वन उपभोक्ता समुहले आफ्ना ३०५ जना सदस्यको बिमा गरिएको हो । आज एक कार्यक्रम बीच समुहले चप्पनमा रहेको आफ्नै भवनमा बिमालेख पत्र त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले समुहका सदस्यहरुलाई हस्तान्तरण गरेका थिए ।
वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन सुरु भइसकेको नगर प्रमुख बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार वनको हैसियतमा सुधार ल्याई उत्पादनमा वृद्धि गर्ने, वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउने र स्थानीय रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने उद्देश्यसहित वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिइएको पनि बताए ।
सामुदायिक वनबाट दुर्घटना बिमाको लागि प्रति परिवार एक सय पाच रुपैयाको दरले लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अधक्ष्य जिबन पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको दुर्घटना बिमा गरिएको जनाए ।
उपभोक्ता समुहले सलिको इन्स्योरेन्स कम्पनी संग बिमा लेखको लागि सम्झौता गरेको छ । सलिको गाईघाट शाखाका म्यानेजर धन बहादुर कटुवालका अनुसार बिमतिहरुले १ लाख सम्मको उपचार गर्न सक्ने बताएका छन् । कटुवालले नवउदय सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरु कहिँ कतै दुर्घटना भयो भने घटनाको प्रकृति हेरेर उपचार खर्च पाउने बताए ।
प्रतिकृया दिनुहोस्