
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा संस्थागत बिद्यालयहरुले विविध भन्दै अभिभाबक संग चर्को शुल्क लिएका छन् । प्रथम त्रैमासिक परिक्षा सुरु हुनै लाग्दा अभिभाबकहरु संग क्यानभास एकेडेमी, प्यारडाइस सेकेण्डरी, लालिगुरास र सगरमाथा बिद्यालयले चर्को शुल्क लिएका हुन् ।
विद्यमान शिक्षा ऐन तथा नियमावलीमा विद्यालयको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहमा आएपछि निजी विद्यालयको मासिक शुल्क नगरपालिकाले विद्यालय वर्गीकरण गर्दै शुल्क निर्धारण गरेका थिए । निजी विद्यालयहरूले मासिक शुल्क यथाबत राखे पनि विविध भनेर शुल्क लिने गरेको एक अभिभाबकले बताए । ति अभिभाबकले पहिले त्रैमासिक परिक्षामा तिरेको भन्दा अहिले बढी तिर्नु परेको गुनासो गरे ।
क्यानभास एकेडेमी उदयपुरका प्रिन्सिपल श्याम याक्तेनलाई सम्पर्क गर्दा उहाले नगरपालिकाले निर्धारण गरेको शुल्कमा विद्यालय संचालन गर्न नसक्ने बताए । हामीले बार्षिक शुल्क र भर्ना शुल्क दुवै एकै चोटी लिन पाउने व्यवस्था नरहेको भन्दा उहाले हामी बाट गल्ति भएको बताए ।
त्रियुगा नगरप्रमुख बसन्त कुमार बस्नेतले आफु नगरको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा लागेको बताए । बस्नेतले संस्थागत बिद्यालयहरुलाई वर्गीकरण गरि मासिक शुल्क निर्धारण गरेका छौ । बिद्यालयहरुले मासिक शुल्क यथाबत राखे पनि विभिन्न प्रकारका शुल्कहरु मनोमानी ढंगले लिने गरेको बस्नेतले बताए । उहाले भनेर होइन लिखित निबेदन पनि नगरपालिकामा दिन अभिभाबकहरुलाई आग्रह गरे र केहि दिनमा निजी विद्यालयहरूले विविध भनेर के के मा शुल्क लिन पाउने हो त्यो पनि निर्धारण गर्ने प्रतिबद्धता गर्नु भयो । साथै केहि सरकारी बिद्यालयहरुले पनि नेपाली माध्यम र अग्रेजी माध्यममा भर्ना शुल्क र मासिक शुल्क लिने गरेको गुनासो आएको बस्नेतले बताए । त्रियुगा नगरपालिकामा ४६ वटा संस्थागत बिद्यालय मध्ये २ वटा “ख” वर्ग, ८ वटा “ग” वर्ग रहेको छ भने बाकी ३६ वटा “घ’ वर्ग रहेको छ ।

प्रतिकृया दिनुहोस्