सौरभ आलेमगर
असार १७ गाईघाट
उदयपुरको त्रियुगा नगरपालिकालाई बालश्रम मुक्त गर्न सरोकारवाला निकायहरु प्रतिबद्ध भएका छन् । सोमबार गाईघाटमा भएको एक कार्यक्रमको बीच त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र नगर उपप्रमुख महेश्वरी राईले होटेल हिमालयनमा बालश्रम मुक्त होटेल स्टिकर टासिं शुभारम्भ गर्नु भयो। यातायात व्यवसायी , होटेल व्यवसायी , निर्माण व्यवसायी, उद्योग व्यवसायी फर्म , त्रियुगा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी , सम्बन्धित सरोकारवाला निकायले नगर भित्र कुनै पनि बालश्रम प्रयोग नगर्ने लिखित प्रतिबद्धता जायर गरेका छन् ।नेपालमा बालश्रम र निवारण सम्बन्धिको ऎन कानुन पालना गर्न र बाल अधिकारको सुनिश्चितताको लागि बालश्रम प्रयोग नगर्ने उनीहरुले प्रतिबद्धता गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा विभिन्न निकायहरूलाई बालबालिकाको अधिकारप्रति उत्तरदायी बनाउन बालश्रम अन्त्य गर्न लिखित हस्ताक्षर प्रतिबद्धता गरिएको श्रम रोजगार सेवा केन्द्र गाईघाटका शाखा अधिकृत तथा बालश्रम निवारण फोकल परसन निशा घलेले बताउनुभयो । कार्यक्रममा बाल संजालका प्रतिनिधि , होटेल व्यवसायी निर्माण व्यवसायी यातायात व्यवसायीका प्रतिनिधि, स्थानीय बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस्