उदयपुर / वर्तमान राजनैतिकमा युवाहरुको भूमिका र भविष्य विषयकलाई लक्षित गरि विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम गाईघाटको होटेल टाउन हलमा उक्त कार्यकम गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशन उदयपुरको आयोजनामा आज सम्पन्न भएको हो । नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको (१०१औ) जन्म शताब्दिको अवसरमा शान्ति र विकासको लागि सहमति, सहकार्य र एकता भन्ने मूल नाराका साथ प्रखर वक्ता नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको प्रमुख अतिथिमा सम्पन्न भएको फ़ाउण्डेशनका अधक्ष्य मदनराज कटुवालले जानकारी दिए ।
कटुवालका अनुसार फ़ाउण्डेशनले सामजिक कार्य गर्ने र सबैलाई एकैठाउँमा ल्याएर अन्तरक्रिया गर्ने लगाएत् पछिल्लो नेपाली राजनीतिमा युवाहरुको भूमिका कस्तो रहेको छ भन्ने बारे जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए ।
विचार गोष्ठीमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गिरिजा प्रसाद कोइरालालाई सम्झँदै कहालीलाग्दो अवस्थालाई अन्त्य गर्दै हिंसाको अन्त्य गराउन सफल नेतृत्व भन्दै उच्च प्रशंसा गरेका थिए । बस्नेतले मुलुक संघियतामा गए पनि पुराना नेताहरुको केन्द्रकृत मानसिकताका भएका कारण आम जनतामा बितृष्णा बढेर गएको बताए । संबिधान संसोधन गरेर स्थानिय तहलाई अझ प्रभाकारी र स्रोतको व्यवस्था गर्न नगर प्रमुख बस्नेतले आग्रह गरेका थिए ।
पुर्व पार्टी सभापति बिदुर बस्नेतले युवाहरु विदेश पठाएर हामीले युवाहरुको भूमिका बारे विचार गोष्ठी कार्यक्रम गरि राख्दा दुख लागेको बताए । गिरिजाबाबुका विभिन्न अविश्मरणीय घटनाहरु स्मरण गर्दै उहाको नेतृत्वको पनि प्रशंशा गरेका थिए । तर अहिले आफ्नो जिल्लाको नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले गरेको व्यहवार भने ठिक नभएको बस्नेतले बताए । अहिले नेपाली कांग्रेसको सबै क्रियाशील सदस्यता केन्द्र बाट नबिकरण गरेर पठाए पनि जिल्लाले केहि साथीहरुको सदस्यता रोकेकोमा दुख व्यक्त गरे । जसले स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका थिए उस्ले सदस्यता पाउने तर केहि साथीले सदस्यता नपाउने भन्ने हुदैन यस्तो किसिमको राजनीतिले कसैको पनि भलो नगर्ने सभापति बस्नेतले बताए ।
विचार गोष्ठी कार्यक्रमका प्रमुख अथिति गुरुराज घिमिरेले अहिले युवाहरुले आवाज उठाउनु पर्ने बताए । हिजो सम्म हामीले एमालेको बिरोध गरेको हो तर एकै रातमा तेस्तो के आपत पर्यो र एमाले संग मिलेर सरकार बनाउनु पर्ने दिन आयो,,? हाम्रो महामन्त्री गगन थापाले अस्ति सम्म नेपाली कांग्रेस २०८४ सालको चुनाब सम्म प्रमुख प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्छ भन्दै थिए तर हाम्रो महामन्त्रीहरु, उप-सभापतिहरुलाई थाहै नदि कसरि सरकारमा जाने सभापतिले मात्र निर्णय गर्यो भन्दै अब युवाहरुले अवाज नउठाय आउदा दिनमा बोल्न पनि नपाउने बताए ।
श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालालाई युगपुरुष भनेर चिनिने गरेको पाइन्छ । घिमिरेका अनुसार हरेक मानिसमा केही न केही कमि–कमजोरी त अवश्य हुन्छन् नै तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सुझबुझपूर्ण निर्णयले मुलुकमा शान्ति स्थापना भएको कुरालाई सबैले स्वीकार गर्नैपर्छ । गिरिजाप्रसाद कोइरालाले पु¥याएको योगदान इतिहासमा दर्ज भइसकेको छ । त्यसकारण उहाँलाई हामि सबै कांग्रेसीहरुले सम्झनु पर्ने बताए । कार्यक्रममा उदयपुरका धेरै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्