२७ असार २०८१, बुधबार १२:१८
गाईघाट / त्रियुगा नगरपालिकामा पहिरोको कारण एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा न. १५ खाबुको तोरिबारीमा पहिरोले घर पुरीदा चेतन मगरको ९ बर्षिया छोरी रुपकलाको घटना स्थलमै मृत्यु भएको हो । पहिरोका कारण जोखिमयुक्त रहेका १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जनाकारी दिए ।
बस्नेतका अनुसार सुरक्षित स्थानमा सारिएका स्थानीयहरुलाई नगरपालिकाले राहत स्वरुप खाने कुराहरुको वेवास्था गरेको जनाए । साथै आफ्नो नगर भित्र विपदमा परेको जनतालाई हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।
विपद्सम्बन्धी निकायका प्रमुखहरु, बुद्धिजीबी,समाजसेवी र सबै स्थानीयहरुलाई यस्तो विपदको घडीमा सहयोग गर्न नगर प्रमुख बस्नेतले आग्रह गरे । मौसमविद्हरूले यो सालको मनसुनमा औसतभन्दा बढी पानी पर्ने बताउदै आइरेह्को छ।
प्रतिकृया दिनुहोस्