गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेका छन् । नगरपालिकाको सभा हलमा २०८१ असार २९ गते नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उप प्रमुख महेस्वारी राई, वडा अधक्ष्यहरु, सामाजिक शाखा प्रमुख राजकुमार खड्का,बुद्धिजिबी,राजनीति दलका प्रतिनिधि लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले नगर प्रमुख बस्नेतलाई नगर भित्र भएको हरेक गतिबिधिको बिषयमा प्रश्न गरेका थिए । अहिले भईरहेको विपत, शिक्षक दरबन्दी मिलान, बिधालय घटुवा, संस्थागत् बिधालयहरुले लिरहेको शुल्क, गिट्टीबालुवाको कर सहभागीहरुको प्रमुख प्रश्न रहेको थियो ।
सहभागीहरु बाट आएको सबै प्रश्नको जबाफ नगर प्रमुख बसन्त कुमार बस्नेतले दिएका थिए । बस्नेतले अहिले भैरहेको विपतको लागि सबै वडामा नगरपालिकाका इन्जिनियरहरु सहितको टोलि गएर वडाको विपत समिति संग छलफल गरि काम गर्ने बताए । अहिले वडा नं ११ स्थित बरुवा नदिले बाँध फुटाएर कटान गर्दा गाईघाट बजार जोखिम हुने त्यसको अस्थाई समाधान खोजेको र अन्य वडाहरुमा पनि नदिले कटान गरेको क्षेत्रमा खटाएका इन्जिनियरहरुले जन श्रमदान जुटाएर अस्थाई बांध निर्माण गरि समाधान खोजी रहेको बताए ।
तेस्तै शिक्षा क्षेत्रलाई आफु सुधार गर्न लागेको हुदा सबै जनाले साथ् दिन आग्रह गरे दरवन्दी मिलन नियमिति प्रक्रिया हो सधै भैरहन छ बिद्यालय घटुवा भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र अनुसार गरेको बताए । यता संस्थागत् बिधालयहरुले बढी शुल्क लिएको छ भने बिल सहित नगरपालिकामा निबेदन दिन सहभागीहरुलाई अग्रह गरे । गिट्टीबालुवाको करमा भने नगर प्रमुख बस्नेतले प्रत्यक बर्ष असर,साउन र भदौ महिना खोला,नाला जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले हेर्ने हुदा नगरपालिकाले प्रदेशले निर्धारण गरेको करमा ५५ रुपैया घाटगद्दी गरे बापत जोडेर लिएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रमकोआयोजना त्रियुगा नगरपालिकाले गरेको थियो भने सहजीकरण सुशासनका हिमायती ( जी क्यु) उदयपुरले गरेका थिए ।
प्रतिकृया दिनुहोस्