गाईघाट / त्रियुगा नगरपालिकाले नगर अस्पताल संचालन गर्ने निर्णय गरेको छ । त्रि.न.पा-५ देउरीमा रहेको देउरी स्वस्थ्य चौकीलाई त्रियुगा नगर अस्पताल संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार देउरी स्वस्थ्य चौकीलाई नगर अस्पतालका रुपमा संचालन गर्न लागिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए ।
उदयपुर जिल्ला अस्पतालको स्तरवृद्धि भए संगै अहिले सेवाग्राहीको चाप बढेको बस्नेतले बताए । आफु नगर प्रमुखमा निर्वाचित हुनु भन्दा पहिले जिल्ला अस्पतालको अबस्था जिर्ण रहेको थियो । सानो भन्दा सानो रोगको उपचार गर्न बिराटनगर वा धरान जानु पर्ने अबस्था थियो तर अहिले सकेसम्म सबै बिरामीको उपचार जिल्ला अस्पतालमा हुने बस्नेतले दाबी गरे ।
सोहि अनरुप आफ्नो नगरपालिका,जिल्ला र छिमेकी जिल्लाहरुको सेवाग्राहीलाई मध्ये नजर गर्दै हामीले आधुनिक स्वास्थ्य सामग्री सहित नगर अस्पताल संचालन गर्न लागिरहेका छौ । हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराईदिन आग्रह गरेका छौ हाम्रो मागलाई मा.मन्त्री प्रदीप पौडेलले सकारात्मक लिएको बस्नेतले बताए ।
प्रतिकृया दिनुहोस्