काठमाडौँ / दुवैबाट एक कन्सलटेन्सिले सोझासाझा नेपालीहरुलाई ठगि गरेका छन् । वर्कसोल नामक कन्सलटेन्सिले कतार,कुवैत,साउदी अरेवीया, दुवै र नेपालमा भएका नेपालीहरुलाई यूरोप पठाई दिने सपना बाड्दै जनही तिन लाखको दरले करिब दुइ करोड रुपैया उठायर अहिले सम्पर्क बिहिन भएको छ ।
पिडितहरुको भनाइ अनुसार उनिहरुले नक्कली वर्कपरमिट दिएर हामीलाई झुक्यायो । एक पिडित भन्छन हामी त सोझो मान्छे सुरुमा राम्रो कुरा गर्यो ६ महिना भित्र तपाईलाई पोल्याण्ड पठाई दिन्छु भन्दै पैसा तिन लाख लियो तर पछि एम्बेसीको डेट पाएन भनेर टार्यो । अहिले पैसा रिफण्ड माग्दा दुइ लाख काटिन्छ एक लाख फिर्ता आउछ लिने भए लिनु नलिने भए नलिनु भन्दै हामीलाई थर्काउछ । हाम्रो पैसा खाको छ हामीलाई नै लगेर थुन्छु साइबर क्राइममा मुदा हालेको छु भन्दै यो पेपर पठाउछ दुवै बसेर । नेपालमा अहिले भाको भएको तेस्को के हुने थियो तर अहिले डरले नेपाल आउने कुरा गर्दैन । ति पिडित भन्छ केहि छैन कति दिन लुकेर बस्छ बसोस हामी नि त्यो मेनेजर भन्ने अन्जन ढकालको सम्पर्ण जानकारी खोज्दै छौ हामीले उह्सको खाता हालेको रसिद राखेको छौ अझ हामीले पैसा हाल्दा मज्जाले बैदेसिक प्रयोजनको लागि भनेर जम्मा गरेको छु कहाँ सम्म जान्छ हेर्दै जाउ भन्दै हामी संग दुखेसो पोखे ।
दुवै बसेर पिडितहरुलाई यो पेपर देखाउदै थर्कौदै सुरक्षा ढकाल र अन्जन ढकाल
यीनि हुन् वर्कसोल कन्सलटेन्सिको मालिक सुरक्षा ढकाल नेपाल घर जिल्ला : मकवानपुर हेटौडा न.पा वडा. ६ हाल दुवैमा बसेर सोझा नेपालीलाई ठगेर बस्ने, अर्को भने आफ्नै भाई अन्जन ढकाल हो जो वर्कसोल कन्सलटेन्सिको म्यानेजर बताउदै आइरहेको छ उस्को काम भने स्रोतका अनुसार नेपालीहरुको पैसामा दुवैमा मोज गर्ने पाइएको छ ।
प्रतिकृया दिनुहोस्