उदयपुर । गाईघाट–फत्तेपुर सडकको कामले अब निरन्तरता पाउने भएको छ । रकम अभावले अलपत्र परेको गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम सुरु गरिएको हो । डिभिजन सडक कार्यलयका प्रमुख सहितको टोली आएर स्थलगत निरिक्षण गरेर चालु आर्थिक बर्षमा सडक निर्माणका लागि प्रयाप्त बजेट रहेकोले रकम अभावका कारण निर्माणमा कुनै कठिनाई नहुने बताए ।
त्रियुगा नगरपालिका–१, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–९, १० र ५ को सुन्दरपुर हँुदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो सो सडक अन्तर्गत मोतीगढा, जोगीदह र रूपनीसम्मको करिब १२ किलोमिटरमा यसै वर्ष काम सम्पन्न गर्ने गरी बजेट सुनिश्चित रहेकाले डिभिजन सडक कार्यालय लहानका डि.ई आशुतोष कर्णलाई स्थलगत निरिक्षण गराएर कामलाई तिव्रता दिन लगाइएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो ।
हाल निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित त्रियुगा विमानस्थल भएर जाने उच्च गुणस्तरको दुई लेनको कालोपत्रे सहितको यो सडक निर्माण गर्न मैनाचुली साह रेग्मी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो ।
बस्नेतका अनुसार निर्माणधीन आयोजना मोतीगढा, जोगीदह- रुपनी सडक खण्ड चालु आर्थिक बर्षमा सक्ने गरि बजेट सुनिश्चित रहेकाले निर्माण कम्पनीलाई ताकेता गरेर भए पनि कालोपत्रे सक्ने योजना रहेको बताए ।
प्रतिकृया दिनुहोस्