गाईघाट / उदयपुरमा स्किल ट्रेनिंगका कक्षाहरु संचालनमा आएका छन् । गाईघाट बजारको डेम गेटमा उक्त कक्षा स्माइल माइन्ड्स एण्ड लाइफ स्किल ट्रेनिंग ईन्स्टिच्युटले संचालनमा ल्याएको हो । आज एनप्याब्सनका केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका शिक्षा कमिटि सदस्य सुमन कुमार चौधरीको प्रमुख अतिथिमा ईन्स्टिच्युटले आफ्नो कार्यालय उदघाटन गरेका छन् ।
उदघाटन समारोहमा चौधरीले स्किल ट्रेनिंगका कक्षाहरु संचालनमा आएकोले खुसि व्यक्त गरे । आफु स्कुल संचालक पनि भएकोले आफ्नो स्कुलको नानीहरुलाई केहि शिपमुलक तालिम दिनु पर्यो भने बाहिर बाट ट्रेनर ल्याउनु पर्ने बाध्यता थियो तर अब त्यो झन्झट हटेको चौधरीले बताए ।
ईन्स्टिच्युटका अधक्ष्य सत्य नारायण चौधरीले संचालन भाइरहेको कक्षाहरुको बारेमा जनाकारी दिएका थिए । उहाले पब्लिक स्पिकिंग, लिडरशिप, गोल सेटिंग लगाए धेरै किसिमको कक्षाहरु संचालन भैरहेको जानकारी दिए । अधक्ष्य चौधरीले आफ्नो कार्यालय संगै यदि माग आएको खण्डमा स्कुलहरुमा गएर पनि ट्रेनिंग दिन सक्ने बताए ।
अहिलेका बालबालिका भनेको भोलिको देशको कर्णधारहरु हुन् तेसैले बालबालिकाहरुलाइ सानै बाट विभिन्न किसिमको कक्षामा सहभागी गराउन सबै अभिभावकहरुलाई अधक्ष्य चौधरीले अनुरोध गरेका थिए । अन्त्यमा चौधरीले ईन्स्टिच्युटलाई सबै अभिभाबकले माया गरि दिनु भएकोमा धन्यवाद पनि दिनु भयो ।
प्रतिकृया दिनुहोस्