३० कार्तिक २०८१, शुक्रबार १८:०१
गाईघाट / नेपाली राष्ट्रिय महिला फुटबलका खेलाडी अमिषा कार्की गृह जिल्ला उदयपुरमा सम्मानित भएकी छन् । त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर निवासी कार्कीलाई शुक्रबार वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा वडाध्यक्ष केदार थापाले कार्कीलाई सम्मानपत्र प्रदान गरे । साथै उनलाई नगद रु. १० हजार पनि प्रदान गरिएको छ ।
यसअघि बिहीबार त्रियुगा नगरपालिकाले पनि कार्कीलाई रु. ५० हजार नगद सहित सम्मान गर्दै नगर परिक्रमा गराएको थियो । वडाध्यक्ष थापाले कार्कीको प्रदर्शनले वडाबासी निकै खुशी भएको बताए ।
नेपाली महिला फूटबल टिमले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलमा भारतलाई पराजित गरे पनि फाइनलमा भने बंगलादेश संग पराजित भएका थिए ।
प्रतिकृया दिनुहोस्