
३० माघ २०८१, बुधबार ०७:२२


गाईघाट / उदयपुरमा प्रथम खुल्ला अन्तर बिद्यालय १४ बर्ष मुनिका छात्र/छात्राहरुको लागि कवड्डी प्रतियोगिता आयोजना हुने भएका छन् । त्रियुगा नगरपालिका वडा न. ४ को आयोजनामा यहि फाल्गुन ७ गते ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने भएको हो ।
खेल हुने स्थान क्रिमसन एकेडेमी बगहाको खेल मैदानमा हुने वडा अधक्ष्य बद्रि बस्नेतले जानकारी दिनु भयो । बस्नेतले त्रियुगा नगर भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत बिद्यालयहरुलाई आ-आफ्नो स्कुलबाट बिधार्थीहरुलाई सहभागी गराईदिन अनुरोध गर्नु भयो ।



प्रतिकृया दिनुहोस्