


गाईघाट / त्रियुगा नगरपालिकामा प्रथम खुल्ला अन्तर बिद्यालय कवड्डी प्रतियोगिता सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा न.४को आर्थिक सहयोगमा फाल्गुन ७ गते ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा १४ बर्ष मुनिका छात्र/छात्राहरुको सहभागीमा आयोजना भएको कवड्डी आज सम्पन्न भएको हो ।
त्रि.न.पा-४ स्थिति क्रिमसन एकेडेमी बगहाको खेल मैदानमा भएको खेलमा छात्रा तर्फ प्रथम प्यारडाइज सेकेण्डरी बोर्डिङ स्कुल, दोस्रो क्रिमसन एकेडेमी तेस्तै तेस्रो अन्नपुर्ण बोर्डिङ र इभरग्रीन भएका थिए । छात्र तर्फ भने प्रथम अन्नपुर्ण बोर्डिङ, दोस्रो प्यारडाइज सेकेण्डरी बोर्डिङ,तेस्रो त्रियुगा मा.बि र उदयपुर मनकामना भएका थिए ।
प्रतियोगितामा १२ वटा स्कुल बाट छात्र १२ र छात्रा ११ गरि जम्मा २३ वटा टिम सहभागी भएको क्रिमसन एकेडेमीका संचालक सुमन चौधरीले जानकारी दिनु भयो । चौधरीका अनुसार प्रथम,दोस्रो र तेस्रो हुने टिमलाई नगद सहित मेडल र प्रमाण पत्र दिएको बताए ।



प्रतिकृया दिनुहोस्