
२३ जेष्ठ २०८२, बिहीबार १६:१६


गाईघाट / त्रि.न.पा-४ बगहामा अवस्थिति क्रिमसन एकेडेमीले विद्यालय तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेका छन् । आज विश्व वातावरण दिवसको अवसर पारेर विद्यालयले आफ्नै सभाहलमा एक कार्यक्रम बीच उक्त कार्यक्रम लागु गरेका हुन् । शैक्षिक सत्र २०८२ साल देखि कक्षा ९ बाट कृषि शिक्षा पढाउन सुरुवात गरेको विद्यालयका फ़ाउण्डर सुमन चौधरीले बताउनु भयो ।
चौधरीले विद्यार्थीहरुलाई बाख्रा, कुखुरा, गाई, माछा, सुँगुर पालन गर्नुको साथै तरकारी खेति पनि गर्न सिकाइने जानकारी दिनु भयो । आफ्नो विद्यालयले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर भविष्यमा स्वलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको पनि चौधरीले जानकारी दिए ।



प्रतिकृया दिनुहोस्