


असोज १० / गाईघाट दिक्तेल रुपाकोट मझुवागाडी नगरपालिका वडा न.८ मा अबस्थित धार्मिक स्थल भुलभुले दुधकुण्ड देउधामको सक्षिप्त लेख | चर्चित धार्मिक स्थल हलेसी महादेव बाट करिब दुइ घण्टाको यात्रा
पछि पुगिन्छ भुलभुले कुण्ड यो कुण्डमा बन झाक्री, अजिङ्गर हरु पाइने पुर्ब मान्यता रहिले पनिअहिले भने पाइन्दैन | यस कुण्ड लाइ ६ पुस्ता अघि गागमान राइले पत्ता लगाएको हो | किम्मदंतको अनुसार
पनि भुल भुल गरेर निस्कने र नागपुर्णिमामा नागहरु एक आपसमा झगडा गर्दा दुध जस्तो पानि भएर बग्ने हुना ले राइले एस कुण्ड लाइ भुल भुले कुण्ड नामकरण गरेको हो | अहिले पनि यो कुण्डमा नाग देउको
मुर्ति बनाएर राखेको छ | तियो मुर्तिलाई चारै तिर बाट असल माछाले सुरक्षा दिएको पुजारीले बताउनु भयो | किम्म्दंत अनुसार पहिले यो ठाउमा एउटा ठुलो रूख थियो तेस
रूखमा अजिङ्गरको बास बस्ने र रूख को टुप्पोमा झोर बत्ति बोल्ने गरेको र तेस्मा रूख को फेद मा बन झाक्री नाच्ने गरेको किम्म्दंत रहेको छ | साथै यो कुण्डमा आफै उत्पति भएका बिभिन्न रङ्ग र प्रजातिका माछा हरु छन् |



प्रतिकृया दिनुहोस्