
काठमाडौँ / नायक पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट नेपालको विभिन्न सहर बाट एक साथ प्रदर्सनमा आउने भएका छन् | फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिको चलचित्रलाई लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन् साथै नायक पल शाह संगै बिनिषा हमाल र नीति शाहको अभिनय रहेको छ | फिल्म ‘मोहर’ लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ ।
फिल्मको टिजर जेठको २७ गते सार्वजनिक गरिएको थियो | चुम्बनजंग शाहीको निर्माणमा तयार भएको फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्मालाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ । अहिले एस फिल्मको ” सपना होकी बिपना हो के हो जिन्दगि ” बोलको गित चर्चामा रहेको छ ।
एस गितमा संगीत सुरेश अधिकारी,थानेश्वोर गौतम र एसडि योगीको रहेको छ भने गायन थानेश्वोर गौतम,एसडि योगीको,शरद हुमागाई, बिज्ञान पराजुली, विशाखा शाही र शान्ति श्री परियारको रहेका छन् । एस गितको शब्द लेखन भने प्रमोद ढुंगाना,हर्क साउद र प्रभा भर्तौलाको रहेको छ ।

प्रतिकृया दिनुहोस्