२८ श्रावण २०८२, मंगलवार १७:५९

सौरभ मगर
साउन २४ उदयपुर
राष्ट्रिय परीक्षा बोर्डले साउन १९ गते सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा उदयपुरको सदरमुकाम गाईघाट स्थित प्याराडाइज सेकेन्डरी स्कुलका १३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्याराडाइज सेकेन्डरी स्कुलका प्रिन्सिपल बाबुराम आचार्यका अनुसार जिपिए ३.६१ देखी ४ सम्म १५ जना , जिपिए ३.२१ देखी ३.६० सम्म ४५ जना , जिपिए २.८१ देखी ३.२० सम्म ६१ जना र जिपिए २.४१ देखी २.८० सम्म १५ जनाले ल्याउन सफल भएका छन् । यस स्कुलमा २०७६ सालबाट सुरु भएको कक्षा ११र१२ व्यवस्थापन विषयको पढाई संगै उत्कृष्ट नतिजा ल्याएको र कक्षा १० को एसईई परीक्षामा समेत जिल्लामा राम्रो नतिजा ल्याउदै आएको छ ।

सर्वप्रथम चुस्त विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर, शिक्षक विद्यार्थी अभिभावकबिचको समन्वय, पढाईसंगै खेलकुद ,भौतिक पुर्वाधार, शान्त वातावरण, कम्प्युटर ल्याब , विद्यार्थी शिक्षकको नियमित उपस्थितिले पनि विद्यार्थीको नतिजा राम्रो रहेको प्रीन्सिपल आचार्यले बताउनुभयो । २०६० सालमा स्थापना भएको उदयपुरको सदरमुकाम गाईघाट संगमटोलस्थित प्याराडाइज सेकेन्डरी स्कुलमा बर्सेनि विद्यार्थीको चाप बढदो छ ।

प्रतिकृया दिनुहोस्