

सौरभ आलेमगर
भाद्र २१ उदयपुर
दिउँसोको ४/५ बजे उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहाको सालघारी चोकमा दुई युवाn] सगरमाथा राजमार्गमा पर्ने बाटोमा साईकल यात्रुहरुलाई रोकिएका थिए । पर्खनुस पर्खनुस हामी तपाईंहरु को साईकलमा स्टिकर (राती लाईट पर्दा बल्ने ) लगाईदिन्छौ भन्दै थिए गाईघाटका विमल एस.के र देउरीका आँसु जंग बस्नेत । उनीहरुले साँझको ७ बजे सम्म लगभग एक सय साइकलमा स्टिकर टाँसिदिएको जानकारी दिए । विशेषत राती मजदुरी काम सकेर घर फर्कनेक्रममा साईकल यात्रुलाई पछाडीबाट अरु सवारी साधनले नदेख्दा धेरै दुर्घटना भएकोले सो समाजकार्य गरेको द्वय एस.के र बस्नेतको भनाई छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको स्नातक तह बिए चौथो बर्षमा अध्ययनरत बस्नेत र एसकेले आफुहरु सो समाजकार्य पाठ्यसामग्रीमा समेत अध्ययन गर्नु पर्ने भएकोले आफू हरुले स्वस्फूर्त काम गरेको बताउनु भयो ।बगाहाका साईकल यात्रु रामवती चौधरी अबेर राती घर फर्कनु बाध्य हुनुहुन्छ ।राति पछाडि बाट आएको गाडीले साईकललाई नदेखेर हान्ने डर त्रासमा हिंड्नु हुन्छ । अब यो लाईट पर्दा बल्ने स्टिकर लगाईदिए पछि उहाँ ढुक्क र हर्षित हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस्