


असोज १० / गाईघाट, नेकपा एमाले पार्टी त्याग गरि ३२ जना नेपाली कांग्रेसमा प्रवेस गरेको छ | बेलाका नगरपालिका वडा न. ५ सिखरमाडीमा आज एक कार्यक्रम बीच प्रवेस गरेको हो | वडा कार्य समितिले
आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति बेलाका नगर नेपाली कांग्रेसका सभापति तथा बेलाका नगर प्रमुख असोक कार्की रहेको थियो | नवप्रबेसी सम्पूर्णलाई पार्टीमा स्वागत गर्दै हाते मालो गरेर अघि बढ्ने
बताउनु भयो | तपाईहरुलाई धेरै ठुलो आशा देखानु त सक्दिन तर आवस्यक पूर्वाधार भने आफ्नै कार्यकालमा पुरा गर्ने प्रतिबद्धता गर्नु भयो | कार्कीले सुपाडे शिखरमाडी हुदै रानीटार सडक चाडै बन्ने र रानीटार
भोजपुर जोड्ने कोशीको पुल पनि चाडै बन्ने बताउनु भयो | निर्वाचन पछि गिदेरी खोलामा अर्को पुल बनाउने र शिखरमाडीको जनतालाई नगरपालिको कार्यलय सम्म सहज ढंगले यातायातको सुबिधा हुने बताउनु भयो |
सहभागी एकले तपाई हरुले चुनाब अघि हरेक वडामा एक प्राबिधि राख्ने बचन गर्नु भएको थियो तर अहिले त्यो पुरा भएन भन्दा नगर प्रमुख कार्कीले जबाफमा नगरमा अहिले नै ४६ जना बडी
करारमा जागिर खाइरहेको हुदा अहिलेनै नया भर्ना गर्ने ठाउँ नभएको तर निर्वाचन लगतै कार्यपालिकाको बैठक बसी सम्पूर्ण वडा र नगर लाई व्यवस्थित बनाउने बताउनु भयो |



प्रतिकृया दिनुहोस्