२५ कार्तिक २०८२, सोमबार १८:०३


सौरभ आले मगर
समृद्ध नेपाल संवाददाता
उदयपुर / त्रियुगाका युवाहरू सक्रिय भएर वडाको सरसफाइ तथा श्रमदान अभियानमा लागेका छन् । त्रि.न.पा-१० बोक्सेका युवाहरुको शनिबार भएको समूहको नियमित बैठकपछि उनीहरूले गङ्गा खेलमैदान क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका हुन् ।
अभियानमा जेन्जी पुस्ताका साथै अन्य उमेर समूहका युवाहरूले समेत सक्रिय सहभागिता जनाएका थिए। सामूहिक श्रमदानमार्फत गाउँ–गाउँमा यस्ता अभियान विस्तार गर्न सके मुलुकको समृद्धि हासिल गर्न धेरै समय नलाग्ने वडाध्यक्ष किरण पाण्डेले बताउनुभयो।उहाँका अनुसार, स्थानीय युवाहरूको एकता र सकारात्मक सोच नै समाज परिवर्तनको आधार हो र वडाले यस्ता प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।अभियानमा वडा सदस्यहरु सनिदेव मगर तिलक आछमि वडाका युवा हरुको सभागी रहेको थियो ।

प्रतिकृया दिनुहोस्