७ फाल्गुन २०८२, बिहीबार १२:२३


प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाले फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले उदयपुर जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा शान्तिधाम का बटुकहरूलाई फलफूल वितरण गरेको हो।नगर प्रमुख बसन्त कुमार बस्नेत ले निर्वाचन आचारसंहिताका कारण यस वर्ष प्रजातन्त्र दिवस सामान्य रूपमा मनाइएको जानकारी दिए।
उनले सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको त्याग र बलिदानकै कारण देशले स्वतन्त्रता प्राप्त गरेको बताए।कार्यक्रममा उदयपुर जिल्ला का प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख, जिल्ला प्रहरी प्रमुख लगायत बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।


प्रतिकृया दिनुहोस्