

गाईघाट / अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उदयपुर जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका महिलाहरूलाई सम्मान गरेका छन् ।त्रियुगा नगरपालिकाको सभा हलमा आज एक कार्यक्रम बीच शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र उद्यमशीलता लगायतका विविध क्षेत्रमा सक्रिय ११ जना महिलाहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार बस्नेतले सम्मान पत्र दिएर सम्मान गरेका थिए । बस्नेतले महिलाहरूको योगदानले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सम्मानित महिलाहरूलाई बधाई दिनुभयो । साथै उहाँले महिलाहरूलाई आफ्नो क्षेत्रमा अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्न आग्रह गर्नुभयो।

उदयपुर जेसीजका अध्यक्ष ब्रह्मदेव महतोले समाजमा उदाहरणीय कार्य गरिरहेका महिलाहरूलाई पहिचान गरी सम्मान गर्नु संस्थाको उद्देश्य रहेको बताए साथै महतोले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सम्मानित महिलाहरूले आफूहरूले पाएको सम्मानले थप हौसला मिलेको बताउँदै आगामी दिनमा समाजका लागि अझ बढी योगदान गर्ने प्रतिबद्धता जनाएका थिए।कार्यक्रमले अन्तर्राष्ट्रिय नारी दिवसको सन्देशलाई थप प्रभावकारी रूपमा समुदायसम्म पुर्याएको सहभागीहरूले बताएका थिए ।

प्रतिकृया दिनुहोस्