
असोज १२ / गाईघाट, त्रियुगानगरपालिका प्रमुख बसन्त कुमार बस्नेत र स्वास्थ मन्त्रालयका सचिव र उप सचिव भिच भेट बार्ता भएको छ | सचिव डा.रोसन पोखरेल र उप सचिव मोहन निरौला संग
काठमाडौँमा भेट बार्ता भएको हो | भेटमा नगर प्रमुख बस्नेतले उदयपुर जिल्ला अस्पतालमा चाहिने आवसेक सामग्री तथा उपकरणहरु माग गर्नु भएको थियो | विशेषज्ञ डा.बालरोग,फिजिसियन,गाइने,
मेडिकल अधिकृत ,स्वास्थ उपकरण, डायलासिस मेसिन ४ थान लगाएत अन्य स्वास्थ सामग्रीहरु उपलब्ध गराइदिन हुन माग गर्नु भएको हो | स्थानीयका अनुसार निर्वाचित भए संगै ५९ जना करार कर्मचारीको
म्याद थप नगर्ने निर्णय, गाईघाट बजारमा अवेवास्थित तरिकाले बनाएको घर टहराहरु हटाउने निर्णय, त्रियुगा रिङ्ग रोड बनाउन पहल गरेर चर्चामा रहेको नगर प्रमुख बस्नेत यो पहलले झन्
चर्चामा रहनु भएको छ | माग गर्नु भएको आवश्यक सामग्री र डाक्टर नगर प्रमुख बस्नेतको अनुरोधलाइ सुइकार्दै सचिव डा.रोसन पोखरेलले पठाउने प्रतिबद्धता गर्नु भएको छ |

प्रतिकृया दिनुहोस्