
असोज १४ / गाईघाट, त्रियुगा नगरपालिकाले २०० थान डेंगी टेस्ट किट उदयपुर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ | अस्पतालमा एक कार्यक्रम गरेर नगर प्रमुख बसन्त कुमार बस्नेतले हस्तान्तरण गरेको हो |
नेपाल भरि कोभिड झैँ फैली रहेको डेंगी रोकथामको लागि किट हस्तान्तरण गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो | त्रियुगा नगरको जनताको लागि जस्तो परस्थिति आए पनि त्रियुगा नगरपालिका जनताको साथमा रहने बताउनु भयो
साथै जिल्ला अस्पतालमा थप उपकरणहरु र डाक्टर पनि आउने बताउनु भयो | डेंगीका प्रमुख लक्षणहरु उच्च ज्वरो आउन जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु आँखाको गेडी दुख्नु बेस्सरी टाउको दुख्नु शरीरमा राता बिमिराहरू आउनु वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगीबाट सुरक्षित रहने तरिकाहरु एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने पूरै शरिर ढाक्ने लुगा लगाउने ।
पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई
लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं । काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि
विसर्जन गर्ने । घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

प्रतिकृया दिनुहोस्