काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब ८२ करोड १ ९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आइपीओ भर्ने अन्तिम समयसम्ममा १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १ ९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९ ४ गुणा बढी आवेदन हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने भदौ ५ गते अन्तिम दिन रहेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये २ प्रतिशत अर्थात ४ ९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियोभने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको थियो । सर्वसाधारणले बाँकी २२ लाख ९ ४ हजार ६८२ कित्ता शेयर छुट्याइएको थियो ।
अहिले डाटा भेरीफाईको काम भएकाले बाँडफाँट कहिले भनेर भनिएको छैन।साथै अर्को हप्ताको सुरुवातमा बाँडफाँट हुन सक्ने सम्भावना छ ।
प्रतिकृया दिनुहोस्