
विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ
बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ । राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट
पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत मिडियामा
छाएको थियो । ह्याम्स अस्पतालमा उनीहरुले नियमित स्वास्थ्य जाँच गराउँदै आएको र त्यही सन्तानको जन्म भएको निकटस्थले बताएका छन् । सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी रहेको
बताइएको छ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० उमेरको रहेको निकटस्थहरु बताउँछन् । साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएको बताइन्छ । केही समयको
अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको बताइन्छ । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउदै आएका छन् ।रातो पाटि बाट लिएको

प्रतिकृया दिनुहोस्