१५ आश्विन २०७९, शनिबार १७:४७

असोज १५/ गाईघाट, उदयपुर जेसीजले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | सरसफाई गाईघाट बजारको धार्मिक स्थल भगवती मन्दिर परिसर भित्र गरेको हो | “जेसीज सप्ताह ” कार्यक्रम
अन्तर्गत आजको सरसफाई कार्यक्रम भएको हो | उदयपुर जेसीजका उपाध्यक्ष डिबी कटुवालका अनुसार ट्राफिक सचेतना, फलफुल वितरण जस्ता कार्यक्रमहरु आयोजन गर्ने बताउनु भयो | नेपाल
जेसीज एउटा गैर नाफा र स्वैच्छिक सदस्यता आधारित संस्था भएको हुदा सामाजिक काम गर्ने बताउनु भयो | यो संस्थाले नेपालमा सन् १९६४ देखि नेतृत्व विकासका लागि १८ देखि ४० वर्षका युवा नागरिकहरू
सक्रिय रहेको पनि कटुवालले बताउनु भयो |उदयपुर जेसीजले हामी हाम्रो समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्न संलग्न र प्रतिबद्ध रहेको बताउनु भयो | कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधिहरुको सहभागी रहेको थियो |

प्रतिकृया दिनुहोस्