१६ आश्विन २०७९, आईतवार १९:२३

असोज १६ / गाईघाट, त्रियुगा नगरपालिकाको स्कुलमा बाल मैत्री सामग्री बितरण भएको छ | पिएसएल फाइबर प्रा.लि. द्वारा बाल मैत्री सामग्री उपलब्ध गराएको हो | त्रिनपा ८ बागचौरी
खाटमन्दिर स्कुललाई बालमैत्री समान बितरण गरेको हो | त्रियुगा नगर प्रमख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा भएको कार्यक्रममा सामग्री बितरण गरेको हो | सामग्रीहरु सानो पलास्टिकका टेबल,

खुर्सिहरु दिएको थियो | आउदो दिनमा बाल मैत्री नगर बनाउन लागि परेको पनि बस्नेतले बताउनु भयो | साथै सम्पूर्ण शिक्षकहरुलाई बाल बालिकाहरुलाई अभिभाबकको भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो |
पिएसएल फाइबर प्रा.लि. कम्पनीका संचालक नमराज कार्कीले सामाजिक काम आफ्नो कम्पनीले गर्नु पाएकोमा खुसि व्यक्त गरे र आउदा दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो |

प्रतिकृया दिनुहोस्