जिरी ( दोलखा ) । दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परिक्षणकालीन निःशुल्क बिजुलीले प्राधिकरणको नाफामा थप टेवा पुर्याएको छ । विद्युत प्राधिकरणको खुद नाफामा माथिल्लो
तामाकोशीको हिस्सा ५० प्रतिशत रहेको पाइएको हो । प्राधिकरणको गत आर्थिक वर्षको १६ अर्ब ९ करोड नाफामा ४ सय ५६ मेगावटको माथिल्लो तामाकोशीको पनि ५० प्रतिशत हिस्सा योगदान रहेको हो ।
नेपाल विद्युत प्राधिकरणले ३७ औं वर्षिकोत्सव नजिकिँदै गर्दा सार्वजनिक गरेको अपरिस्कृत वित्तीय प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
वार्षिकोत्सवबाट यसको आम्दानी , नाफा , विद्युत निर्यातलगायत वित्तीय सूचकहरू बाहिर ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्षको भदौ १ गते वार्षिकोत्सव मनाउँदै आएको प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको निचोड निकालेको छ ।
प्राधिकरणको अर्थ निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८ / ७ ९ मा कूल ९ ६ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले ७५ अर्ब ५५ करोड खर्च गरी २१ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ ।
प्राधिकरणको अर्थ निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८ / ७ ९ मा कूल ९ ६ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले ७५ अर्ब ५५ करोड खर्च गरी २१ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ ।
यसमा वैदेशिक मुद्रामा आएको विचलन खर्च र अन्य खर्चहरूको प्रोभिजन गर्दा खुद नाफा १६ अर्ब १६ करोड रुपैयाँ हुन आएको जनाइएको छ । सो नाफाको करिब ५० प्रतिशत हिस्सामा माथिल्लो तामाकोसीको योगदान रहेको निर्देशनालयले जनाएको छ । गत वर्षको खुद नाफामा तामाकोसीकै कारणले ८ / ९ अर्ब थपिएको निर्देशनालयका अधिकारीहरुले बताएका छन् ।
यो वर्ष प्रणालीको चुहावट १५ दशमलव ३८ प्रतिशतमा कायम रहेको बताइएको छ । निर्देशनालयका अनुसार नाफा बढ्नुमा तामाकोसीको १५ दिनको निशुल्क बिजुली एवम् वर्षैभरि उपलब्ध सस्तो बिजुली , निर्यातको परिमाण , बैंकको मुद्दति खातामा बढेको ब्याज तथा ट्रंक र डेडिकेटेड लाइनको थप दस्तुर भुक्तानी जस्ता कारणहरू जिम्मेवार देखिएका छन् ।
विभिन्न वाणिज्य बैंकहरूमा प्राधिकरणको मुद्दति खातामा ३०/३५ अर्ब रुपैयाँ मौज्दात रहने गरेको र त्यसको १० प्रतिशतका दरले साढे ३ अर्ब रुपैयाँ ब्याज मात्रै आम्दानी भएको देखिन्छ ।
प्रतिकृया दिनुहोस्